Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन, बेचैन छु

तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन, बेचैन छु


  • 939
    Shares

    तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन, बेचैन छु

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ प्रवेश नगरोस् भन्ने कामना गरेका छन् । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको ओलीको भनाइ छ । 

    मध्यपूर्वमा भएका लाखौँ नेपालीहरू आपत र कोलाहलमा भएकोले उनीहरूका परिवार पलपल छटपटाएर बस्नु परेको प्रति चिन्ता प्रकट गर्दै ओलीले मध्यपूर्वी देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आफूलाई निद्रा नपरेको बताएका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन् ,‘ती देशमा लाखौँ नेपाली आपत् र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छटपटाएर बस्नुपरेको छ ।’ अवसर छनौटका लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वाभाविक भएको पनि ओलीले जनाएका छन् ।

    ‘अस्वाभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो । ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने’, ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गरेका छन् । 

     

     

     

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १२:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij