Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली

सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली


  • 526
    Shares

    सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गरेका छन् । 

    अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका हुन् । ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

    उनले भने, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउनेछु । यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ । यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो । त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ ।’

    अध्यक्ष ओलीले एमाले विकासप्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको बताएका छन् । 

    उनले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भुमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताएका छन् । 

     

     

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - ११:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij