२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारीसहित प्रहरी उनको घरमा पुगेको छ।
पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो।
प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।
राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्।
उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij