Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा


  • 1.6K
    Shares

    नेपाल लाइफको  संस्थापक शेयर बिक्रीमा
    images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । 

    कम्पनीका संस्थापक शेयरधनी उदय प्रसाद ओझाले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्री गर्न आवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्रीको प्रक्रिया सुरु गरेको हो ।

    विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ मा भएको व्यवस्था बमोजिम, यस्तो शेयर बिक्री गर्दा सबैभन्दा पहिले हालका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । सोही नियम पालना गर्दै कम्पनीले इच्छुक विद्यमान संस्थापकहरूका लागि ३५ दिनको समयावधि तोकेको छ ।

    तोकिएको ३५ दिनभित्र काठमाडौंको कमलपोखरीमा रहेको नेपाल लाइफ क्यापिटलको कार्यालयमा आफ्नो लिखित आवेदन पेश गर्नुपर्नेछ । यदि तोकिएको अवधिभित्र वर्तमान संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा वा माग बमोजिम शेयर बिक्री नभएमा, कम्पनीले अर्को प्रक्रिया अपनाउनेछ। 

    यस्तो अवस्थामा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ११:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij