२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ । आज बसेको बैठकमा बागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीभित्रैबाट असहयोग भएको भन्दै त्यसबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि प्रतिकृया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए ।
त्यस्तै बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासहरुका बारेमा चासो राखेको समेत उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij