२०८२ मंसिर १२ गते शुक्रवार
काठमाण्डौ । शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीवार (आज) ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६.३७ अङ्कले बढेर दुई हजार सात सय ८७.१८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक एक सय १३.४४ अङ्कले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७८.८५ अङ्कले घटेको छ ।
आज नौ अर्ब ३० करोड रुपैयाँभन्दा धेरैको दुई करोड एक लाख कित्ता शेयर किनबेच भएको छ । नेपाल रिइन्स्योरेन्स लिमिटेडको आज सबैभन्दा धेरै ३४ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज गुडविल फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij