Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट


  • 708
    Shares

    ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट

    काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्ससँग आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

    उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

    कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग), एसी सर्भिसिङ लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। बैंकका ग्राहकहरूले यी सेवामा विशेष छुट पाउने व्यवस्था गरेको छ।

    संस्थागत सुशासनलाई प्राथमिकता दिँदै आएको बैंकले समाजप्रति उत्तरदायी वित्तीय संस्थाका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ। बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको जनाएको छ।

    स्वास्थ्य र सुदृढ जनशक्ति राष्ट्र निर्माणको आधार हो भन्ने मान्यतासहित बैंकले नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सहयोग गर्दै आएको उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा बैंकले रु. ४१ करोड कर योगदान पुर्‍याएको छ। 

     

     

    images
    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १२:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij