Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै


  • 785
    Shares

    नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले तयार पारेको संशोधन मस्यौदा अनुसार अब नेपालमा डिजिटल मुद्रा जारी गर्ने र भौतिक शाखा विना चल्ने ‘डिजिटल बैंक’ स्थापना गर्ने बाटो खुल्ने भएको छ ।

    संघीय संसदबाट पारित भएपछि डिजिटल मुद्रा र डिजिटल बैंकको अवधारणामा संशोधन हुने छ । मस्यौदामा ‘मुद्रा’ को परिभाषा परिमार्जन गर्दै बैंकले जारी गर्ने ‘डिजिटल मुद्रा’ लाई पनि कानुनी मान्यता दिइएको छ ।

    भौतिक शाखा वा सञ्जाल विना डिजिटल माध्यमबाट मात्र बैंकिङ कारोबार गर्ने गरी ‘डिजिटल बैंक’ स्थापना गर्न सकिने व्यवस्था थपिएको छ ।

    नेपाल राष्ट्र बैंकको कार्यसम्पादनमा थप स्वायत्तता प्रदान गर्ने र सुपरिवेक्षकीय भूमिकालाई प्रभावकारी बनाउने लक्ष्य संशोधनले लिएको छ । गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको नियुक्ति, योग्यता र अनुभवका मापदण्डहरूमा थप स्पष्टता ल्याइएको छ । 

    विधेयकले बैंक तथा वित्तीय संस्थाहरू समस्याग्रस्त भएमा तिनको फरफारखु गर्ने विस्तृत अधिकार राष्ट्र बैंकलाई दिएको छ । यदि कुनै बैंकले निक्षेपकर्ताको हित विपरीत काम गरेमा वा वित्तीय रूपमा अक्षम देखिएमा राष्ट्र बैंकले त्यसलाई आफ्नो नियन्त्रणमा लिएर पुनर्संरचना गर्न वा अन्य बैंकसँग गाभ्न सक्ने विशेष व्यवस्था गरिएको छ ।

    कुनै इजाजत पत्र प्राप्त संस्थाले तरलता व्यवस्थापन गर्न नसकी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा राष्ट्र बैंकले अन्तिम ऋणदाताको रूपमा ऋण प्रदान गर्न सक्ने व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ । 

    सञ्चालक वा पदाधिकारीहरू भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको भएमा उनीहरू अयोग्य हुने व्यवस्थालाई थप बलियो बनाइएको छ ।

    अर्थ मन्त्रालयले यो मस्यौदामा कुनै राय वा सुझाव भए ७ दिनभित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाउन अनुरोध गरेको छ । सुझावका लागि मन्त्रालयको इमेल fsmd@mof.gov.np मा सम्पर्क गर्न सकिनेछ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १६:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij