Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

६ महीनामा जीवन बीमा कम्पनीको व्यापार ९३ अर्बमाथि, कुनले कति गरे ?

६ महीनामा जीवन बीमा कम्पनीको व्यापार ९३ अर्बमाथि, कुनले कति गरे ?


  • 540
    Shares

    ६ महीनामा जीवन बीमा कम्पनीको व्यापार ९३ अर्बमाथि, कुनले कति गरे ?

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्ममा ९३ अर्ब १८ करोड माथि खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको खुद व्यापार १३.५७ प्रतिशतले बढी हो ।

    सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा २५ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १५ प्रतिशतले बढी हो । 

    नेशनल लाइफले १० अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १३ प्रतिशतले बढी हो । एलआइसी नेपालले १० अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो ।

    एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ११ प्रतिशतले बढी हो । सिटिजन लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २२ प्रतिशतले बढी हो । 

    हिमालयन लाइफले ८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ प्रतिशतले बढी हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो ।

    सानिमा रिलाइनस लाइफले ३ अर्ब ५५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो । आइएमई लाइफले ३ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३६ प्रतिशतले बढी हो ।

    सन नेपाल लाइफले २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३ प्रतिशतले बढी हो । मेट लाइफले ३ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १३ प्रतिशतले बढी हो । 

    रिलायबल नेपाल लाइफले २ अर्ब ९३करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३२ प्रतिशतले बढी हो । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २२ प्रतिशतले बढी हो । 

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १२:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij