Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा सोमपाल

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा सोमपाल


  • 988
    Shares

    वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा सोमपाल

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ ।मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

    नेपाली टोलीले आजको खेलका लागि एक खेलाडि परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् । समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

    नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। 

    नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - ११:०५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij