२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाको प्रभुत्व रह्यो । यी दुई महिला नेत्रीले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
बंगलादेशमा शेख हसिनाले देश छाडेको र खालिदा जियाको निधनपछि पहिलोपटक बिहीबार आमनिर्वाचन भएको थियो । शेख हसिनाको पार्टी आवामी लिगलाई यो निर्वाचनमा भाग लिन अनुमति दिइएको थिएन । त्यहाँको निर्वाचन आयोगले सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा आवामी लिगको भूमिका रहेको भन्दै यस्तो निर्णय गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij