२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले २ अर्ब १६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ५.४२ प्रतिशतले बढेको छ।
कम्पनीले ७८ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.४१ प्रतिशतले बढेको छ।
चुक्तापुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ५७ लाख रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३.०६ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij