Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक


  • 995
    Shares

    हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु पहिलो ६ महिनामा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४५.०६ प्रतिशतले घटेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार १७.७५ प्रतिशतले बढेको छ।

    कम्पनीले ८ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.३१ प्रतिशतले बढेको छ। शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको 
    छ । 

    कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ७७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    कम्पनीले चालु वर्षको पुससम्म ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४.३० प्रतिशतले बढेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ४.५२ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ८०.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ रहेको छ। 

    images
    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १३:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij