Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सानिमा जिआईसीको कुल व्यापार १ अर्ब माथि, प्रतिशेयर आम्दानी कति ?

सानिमा जिआईसीको कुल व्यापार १ अर्ब माथि, प्रतिशेयर आम्दानी कति ?


  • 666
    Shares

    सानिमा जिआईसीको कुल व्यापार १ अर्ब माथि, प्रतिशेयर आम्दानी  कति ?

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ महिनामा ९ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीले १ अर्ब ७ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १४.६० प्रतिशतले बढेको छ। चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  

    कम्पनीले यस अवधिसम्म २७ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २.१० प्रतिशतले घटेको छ।

    कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ९५ लाख रुपैयाँ रहेको छ। 

    चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ८.९२ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५.६१ रुपैयाँ रहेको छ।  

     

     

    images
    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १२:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij