Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

एसबीआई बैंक लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान

एसबीआई बैंक लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान


  • 1.1K
    Shares

    एसबीआई बैंक लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान

    काठमाडौं । नेपाल एसबीआई बैंक घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ। 

    बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान,  ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर, र मिलन गिरीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

    एक बालकलाई मुद्दा पुर्पक्षका लागी बालसुधार गृह राख्न पठाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सिन्धुली जिल्ला अदालतको २७ गतेको आदेशले मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सिन्धुलीमा राख्न पठाइएको हो।

    उनीहरुले एसबीआई बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए। जसमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको थियो। 

     

    images
    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १२:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij