Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?


  • 1.3K
    Shares

    राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?
    images

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो ६ महिनामा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४८.८७ प्रतिशतले घटेको छ।

    कम्पनीले ४८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४९.९९ प्रतिशतले घटेको छ।

    शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको बीमा कोषमा ७५ करोड १९ लाख रुपैयाँ रहेको छ।  बीमा कोषको आकार ९५.९५ प्रतिशतले बढेको छ।

    दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६६.४८ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ४६१.२६ रुपैयाँ रहेको छ। 

     

    images
    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १२:०५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij