२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। नियामकीय प्रावधानअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij