Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सिद्धार्थ प्रिमियरको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

सिद्धार्थ प्रिमियरको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?


  • 505
    Shares

    सिद्धार्थ प्रिमियरको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  

    सार्वजनिक वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा १७ करोड ८५ लाख रुपैयाँ नाफा घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    कम्पनीको बीमा कोषमा ११ अर्ब ५२ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढेको छ। कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ९९ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले १ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.७६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले ७४ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ७.१२ प्रतिशतले घटेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२.७२ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष ईपीएस १६.०३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.३४ रुपैयाँ रहेको छ।    

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १२:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij