२०८२ भाद्र २ गते सोमवार
कोरोना संक्रमणबाट सिराहामा गएराति थप एकजनाको निधन भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको निधन भएको हो ।
ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण भएपछि उपचाररत उनको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या २३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij