Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मजदुरको भोको पेटमा दानापानी हाल्दै सूर्य गुरु

मजदुरको भोको पेटमा दानापानी हाल्दै सूर्य गुरु


  • 9.9K
    Shares

    मजदुरको भोको पेटमा दानापानी हाल्दै सूर्य गुरु

    ‘संकटको घडीमा साथ दियौ तिमीले आकाशमा उँड्ने चरीलाई
    एकफाँकी सातु दिएको भोकमा सम्झना जुनीभरीलाई’ – जीवन शर्मा
           साँच्चै भोकको बेलामा सहयोग गर्नेलाई कसले नै बिर्सन सक्छ र ! कोरोना महामारीले देश ग्रस्त छ तर सरकार, दलका नेता र कथित नागरिक सामाज यसबाट बेखबर जस्तै देखिएका छन् । यस्तो बेलामा मानवीय आत्मा बोकेका मान्छेहरुले भने भोका पेटहरूमा चारो हाल्ने काम गरेका छन् । त्यसमध्येका एक हुन्– सूर्य गुरु अर्थात् सूर्य बज्रयाना ।
           कोरोनाको दोस्रो कहरसँगै मान्छेहरुको गाँस खोसिएको र रोजगार खोसिएको बेला भक्तपुरमा बस्ने एक दलित युवक राम परियार (नाम परिवर्तन) को दयनीय स्थिति थाहापाउनु भयोभने तपाईंको मन कटक्क खान्छ, आँखा रसाउँछ त्यस्तै भयो बज्रयानालाई र उहाँले अघि बढाउनुभयो सहयोगी हात ।  राम उपत्यकामा रोजगार गर्थे । उनी शहरलाई शहर जस्तो बनाउने श्रमजीवी मजदुर हुन् । दिनभरी काम गरेर बिहान बेलुकीकोलागि परिवारको निम्ति छाकको जोहो गर्ने उनको रोजगारी गुम्यो । खानेकुराको जोहो हुन सकेन । साहुलाई उधारो खाद्यान्नको लागि बिन्ती बिसाए तर साहु तर्किए । सरकारसँग राहत माग्न उनीसँग त्यस्तो कागजपत्र पनि केही छैन । यो बिरानो शहरमा उनको कोही आफन्छ छैनन् ।
           भर्खरै जन्मेका बालबच्चा र श्रीमतीको बिचल्ली हुने अवस्था आयो । घरमा खानेकुरा थिएन । पसलले उधारो पत्याएन । उनीहरु एकदुइ छाक त भोकै बसे । अन्नपानीको शरीरलाई अन्न त चाहिन्थ्यो नै । उनले युवा नेता योगेश बराललाई फोन गरे । कोरोनाको कारण आफैं समस्यामा रहेका बरालले उनलाई सामान्य सहयोग त गरे । तर त्यो सहयोगले उनलाई दुई दिनमात्र उनको चुलो बल्यो उनले फेरि बराललाई रुँदै फोन गरे । बरालको मन रसायो । उनले केही मानिसलाई भने पनि । तर उनीहरू पनि तर्किए । बराल मार्फत नै उनी पुगे बौद्ध दर्शनका एकजना चर्चित गुरु सुर्य बज्रयानाको शरणमा ।
           त्यसो त गुरु पनि समस्यामा नै थिए । उनले आफुसँग भएको थोरबहुत पैसा र उधारोमा केही खाद्यान्न, तेल मसला तरकारी र फलफूल किनेर सहयोग गरे । थोरै बाटो खर्च पनि दिए । त्यो पाएपछि उनलाई एउटा युद्ध जिते जस्तो भयो, उनले राहतको सास फेरे, सूर्य गुरुले लामो सुस्केरा हाले । उनले भने– “दिनहीनलाई सहयोग गर्नु भनेको बुद्धलाई आदर गर्नु हो । यसरी सहयोग गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ । असहायको सेवा गर्नु जति ठुलो कुनै धर्म नै छैन । मलाई पुण्य प्राप्त भएको अनुभुत गरेको छु ।”
           राहत पाएपछि परियारले फुरुंग हुँदै काठमाडौंदेखि भक्तपुरको सुर्यबिनायक सम्मको बाटो तताए । 

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - ०९:३३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij