Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित

सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित


  • 1.1K
    Shares

    सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । 

    माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए ।

    कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल गरिएको थियो ।

    सम्मेलनको मुख्य आकर्षणको रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । 

    images
    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १४:३०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij