Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने


  • 6.7K
    Shares

    पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

    पोखरा । कोरोना भाइरसको दोस्रो  भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ ।  

    पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर   क महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न  निर्देशन गरेको छ ।

    पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा केहीमा परीक्षा शुरु हुने मिति नजिकिँदै लाग्दा निषेधाज्ञा जारी भएपछि स्थगन गरिएको थियो । 

    महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ । कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ । रासस

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १७:३५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij