Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै


  • 1.1K
    Shares

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २० अर्ब निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज उक्त रकम संकलन गर्न लागेको हो।

    बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिन सक्नेछन्। यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते हुने भएको छ। 

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने भनी बैंकले जानकारी गरेको छ ।

     

     

    images
    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १३:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij