२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ का विद्यार्थीहरुको वार्षिक मूल्यांकनका लागि मापदण्ड तय गरेको छ ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने स्थिति नरहेको अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय परीक्षा समितिको बुधबार बसेको बैठकले मूल्यांकनको मापदण्ड तय गरेको महानगरले जनाएको छ ।
त्यसका लागि कक्षा ८ सञ्चालन भइरहेका सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को कक्षा ८ को वार्षिक मूल्यांकन पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थीको मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत, र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिरप्रक्रिया अपनाइ २० प्रतिशत मूल्यांकन गरिनेछ ।
सो मूल्यांकन विवरण यही जेठ २५ गतेसम्म केएमसीडीओई डट ओआरजीमा पठाउन महानगरले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij