Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१३.०९ अंकले घट्यो नेप्से, गुर्खाज फाइनान्स सहित ५ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

१३.०९ अंकले घट्यो नेप्से, गुर्खाज फाइनान्स सहित ५ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि


  • 6.4K
    Shares

    १३.०९ अंकले घट्यो नेप्से, गुर्खाज फाइनान्स सहित ५ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि हिजो मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको थियो ।  

    आज नेप्से नेप्से १३.०९ अंकले घटेर दुई हजार सात सय ८० दशमलब ८१ विन्दुमा थामिएको छ । हिजो मंगलबार नेप्से ३४.६८ अंकले बढेर दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको थियो ।  

    त्यस्तै, आज कारोबार भएका ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । घटेको बजारमा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    

    शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स कम्पनी, नेपाल फाइनान्स, कम्पनी कर्णाली डुभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी रहेका छन् । 

    त्यसैगरि, आज ङादी ग्रुप पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, युनिभर्सल पावर कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । 

     

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १५:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij