Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित


  • 1.0K
    Shares

    नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले काठमाडौंमा आयोजना गरेको एक भव्य समारोहका बिच लाइफ इन्स्योरेन्स विधामा उत्कृष्ट ठहरिँदै कम्पनीले यो अवार्ड हात पारेको हो।

    अवार्डका लागि मनोनयनमा परेका अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरूलाई पछि पार्दै नेपाल लाइफले यो सफलता प्राप्त गरेको हो। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका छन्।

    बीमा कम्पनीहरूको वित्तीय विवरण, संस्थागत सुशासन, दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी र प्रथम बीमा शुल्क आर्जन जस्ता मुख्य सूचकहरूमा अब्बल देखिएकाले कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो।

     

    images
    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १०:३३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij