२०८२ भाद्र २ गते सोमवार
वीरगञ्ज । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये पाँच जना पर्सा जिल्लाका र दुई जना रौतहटका छन् ।
वीरगञ्जको हेल्थ केयर अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका १४ का ४८ वर्षका पुरुषको कोरोना स्रक्रमणका कारण मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
यस्तै वीरगञ्ज १३ का ६१ वर्षको पुरुषको पनि मंगलबार राति नै सोही अस्पतालमा मृत्यु भएको उनले बताए । वीरगञ्ज महानगरपालिका ३ बस्ने ४१ वर्षका कोरोना संक्रमित पुरुषको मंगलबार साँझ ६ बजेर १० मिनेटमा मृत्यु भएको श्रीवास्तवले बताए ।
यस्तै वीरगञ्जको स्पर्श अस्पतालमा गत वैशाख २८ गते उपचारको लागि भर्ना भएका वीरगञ्ज महानगरपालिका १० का ६५ वर्षका कोरोना संक्रमित पुरुषको पनि राति १२ बजे मृत्यु भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका १ निवासी ४२ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार बिहान १ बजेर १० मिनेटमा वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको छ ।
यसैगरि वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका ८ कोरवा घर भएकी ५१ वर्षकी महिलाको बुधबार बिहान १० बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।
त्यस्तै रोतहटकै चन्द्रपुर नगरपालिका ९ का ९० वर्षका कोरोना स्रक्रमित पुरुषको बिहान ९ बजेर १० मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको डा.दासले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij