Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी कम्पनीको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

यी कम्पनीको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने


  • 5.1K
    Shares

    यी कम्पनीको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
    images

    काठमाडौं । तीन कम्पनीको संस्थापक लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर लिलामी विक्रिमा ल्याएको हो ।

    कम्पनीले गत वैशाख १६ गतेबाट आरएमडिसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

    आरएमडिसीको प्रतिकित्ता न्युनतम शेयर मूल्य ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

    लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

     

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १३:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij