२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । थाइल्याण्डको चियाङ माईमा तालिमका क्रममा एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको चियाङ माई प्रान्तस्थित चोम थोङ जिल्लामा बिहीवार एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो दुर्घटना स्थानीय समयअनुसार बिहान करिव १०ः३० बजे विमानले उडान तालिम अभियान सञ्चालन गरिरहेको बेला भएको थियो । दुर्घटनास्थलमा आपतकालीन उद्धार टोलीहरू खटाइएको छ र दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij