२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । ‘स्टन्ट क्वीन’ को छवि बनाएकी कुनै समयकी चर्चित कार्यक्रम प्रस्तोता तथा मोडल सोनिका रोकायाले हालै ईंगेजमेन्ट गरिन् । आफैंले इन्गेजमेन्टको खवर सार्वजनिक गरेपनि उनले अहिलेसम्म आफ्नो हुनेवाला श्रीमानबारे केही खुलाएकी छैनन् ।
सोनिकाले सामाजिक सञ्जालमा मेहेन्दी र औठी साटासाटका तस्वीरहरु सार्वजनिक गरेकी थिइन् । तर कुनै पनि तस्वीरमा उनले दुलाहाको अनुहार देखाएकी छैनन् । तस्वीरमा पुरुषको केवल हात देख्न सकिन्छ ।
कमेन्ट बक्समा कतिले कतै यी पुरुष पूर्वयुवराज पारस त होइनन् भनेर पनि लेखे । केही समयअघि सोनिका र पारसको राम्रै हिमचिम थियो । उनीहरु विभिन्न ठाउँमा सँगै घुम्नसमेत गएका थिए । उनीहरु एकसाथ नदेखिएको लामो समय भइसकेको छ । सोनिका त पूर्णरुपमा गुमनाम नै थिइन् ।
हालै एक एक अन्र्तर्वातामा सोनिकालाई उनको हुनेवाला श्रीमानबारे सोधियो । तर उनले आफ्ना भावि पतिको नाम नखुलाइकन हिन्ट मात्रै दिइन् । उनले आफ्नो पूर्वप्रेमीसँग ईंगेजमेन्ट गरेको दावी गरिन् । ती पुरुषसँग आफ्नो केही वर्षको प्रेम टुटेको उनको भनाइ छ । आफूलाई प्रेममा धोका दिएका पुरुषसँगै ईंगेजमेन्ट गरेको उनले बयान दिएकी छन् ।
सोनिकाले भनिन्, ‘दश वर्ष अगाडी हाम्रो रिलेसनसिप थियो । जुन बीचमा ब्रेक लागेको थियो । उहाँले नै मलाई छाड्नुभएको हो । उहाँ आफ्नो करियरमा फोकस हुनुहुन्थ्यो । पछि उहाँ आफ्नो क्षेत्रमा सफल हुनुभयो । अनि आफ्नो प्रोफाइल बनाएपछि उहाँले फेरि मलाई पाउनुभयो ।’
दश वर्ष अगाडी आफुले गरेको प्रेम सार्थक हो भन्ने लागेपछि पुर्वप्रेमी फेरि श्रीमान बन्न आएको सोनिको भनाइ छ ।
‘कुनै समय उहाँले मलाई छोडेर गएपनि, मेरो मन मस्तिष्कमा कहिले कुभलो चिताउँ भन्ने भएन । कसैको लागि म महत्वपुर्ण छु भने, उसले मलाई फेरि भेट्छ । कसैले छाड्यो भन्दैमा म त्यही वियोगमा बस्दिनँ पनि,’ उनले सुनाइन, ‘जिन्दगी चलिरहन्छ भनेर अगाडी बढ्ने हो । उहाँलाई मैले गरेको प्रेम सार्थक लाग्यो, अनि फर्किनुभयो ।’
उनै प्रेमीले छाडेपछि आफु मिडिया प्रोफाइलमा आएको सोनिकाले बताएकी छिन् ।
हुनेवाला श्रीमानको व्यक्तित्वबारे उनी भन्छिन्, ‘उहाँ मेरो आत्मासँग मिल्ने बलियो मान्छे हो, जोसँग प्रतिस्पर्धा गर्दा पनि मलाई समानान्तर महसुस हुन्छ । जीवनको अन्तिम सत्य भनेको मृत्यु हो । त्यो भन्दा अगाडी जीवनलाई सार्थक रुपमा जिउने रहर थियो । त्यो म उहाँसँग यापन गर्न सक्छु भन्ने विश्वास भित्र हृदयबाटै जागेपछि उहाँसँग जिन्दगी कटाउने सोचेकी हुँ ।’ श्रीमानको पहिचान गोप्य राख्नुको कारण के हो त ?
सोनिका भन्छिन्, ‘उहाँ मेरो लागी अमुल्य हुनुहुन्छ । म त्यस्तो अमुल्य कुरा गुमाउन चाहन्नँ । मिडिया कहिलेकाँही यति कु्रर भइदिन्छ कि के भनौं । एक त उहाँ क्यामेरासँग खेल्ने मान्छे पनि हैन । कति मान्छे प्राइभेट नै रहन चाहन्छन् । यो कुरामा कसैलाई जबरजस्ती गर्न मिल्दैन । त्यसैले उहाँलाई म पर्सनल राख्न चाहन्छु ।’
१० वर्ष अघि सम्बन्ध भएर सकिएपछि एकाएक अहिले कुराकानी भएको उनले खुलाएकी छिन् । एकाएक केही दिन कुरा भएर इन्गेजमेन्ट भएको उनको भनाइ छ । सोनिका भन्छिन्, ‘म उहाँको लागी तयार थिइनँ, तर सरप्राइजजस्तो भयो । रातारात सबै कुरा भयो । अचानक भयो । लामो समय कुरा पनि भएन । जुन बेला इन्गेजमेन्ट भयो, लगभग त्यही समयबाट कुराकानी सुरु भएको थियो । म्याजिकल भयो ।’
सोनिकाकी एक दिदी पनि छिन् । उनै दिदीको मार्फत आफुहरुको कुरा भएको उनको भनाइ छ ।
‘उहाँलाई मसँग कुरा गर्नु थियो । उहाँले अगाडि गरेको कुराहरुको लागि सरी भन्न चाहनुहुन्थ्यो । दिदीसँग कुरा भएपछि ठिकै छ, भेटौं भन्ने भयो । उहाँले त्यो बेला इज्जत गर्न सक्नुभएन, ठिक छ अहिले हेरौँ भन्ने लाग्यो । कसैले माफी माग्न आउँछु भन्छ भने ठिकै छ त । मार्न आउँछु भनेको हैन,’ उनले भनिन् ।
अन्तरवार्तामा उनले विगतका बारे भने खासै कुरा गर्न चाहिनन् । लकडाउनदेखि नै आफु जीवन परिवर्तन गर्ने प्रक्रियामा लागेकाले उनले अगाडी बितेका कुरालाई समय र पैसाको बर्बादी भएको बताइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij