२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार बैंकको नाफा ऋणात्मक बनेको छ।
पुस मसान्तसम्ममा बैंक २७ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
बैंकको खुद आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ भने बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको खराब कर्जा गत वर्षको पुसमा ५.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर ५.५० प्रतिशतमा झरेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक देखिएको छ।
बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०४ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ भने २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij