Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल : २०७७ मंसिर २० गते (शनिबार)

आजको राशिफल : २०७७ मंसिर २० गते (शनिबार)


  • 8.9K
    Shares

    आजको राशिफल : २०७७ मंसिर २० गते (शनिबार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    खानेकुरासँग सम्वन्धीत व्यापारबाट लाभ लिन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथी हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा दिदि बहिनी सँगको सम्वन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    स्वअध्ययनले पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    घरमै बसेर अध्ययन गर्नाले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय गर्नुहोला । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफन्त तथा नजिकका मानिसबाट धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । धर्म कर्ममा मन जानेछ । सरसफाईमा ध्यायन दिनुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यापार तथा उद्योगमा मन्दि तथा घाटा लाग्नेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीबाट सहयोग हुनेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :मंसिर २० २०७७ शनिवार - ०५:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij