Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा


  • 337
    Shares

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१,७१,९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ । 

    उक्त शेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिशेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १,००,००० कित्ता आवेदन दिनु पर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

    इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १४:४७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij