Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दाउन्नेमा बस दुर्घटना, ४ को मृत्यु, ४० भन्दा बढी घाइते

दाउन्नेमा बस दुर्घटना, ४ को मृत्यु, ४० भन्दा बढी घाइते


  • 9.7K
    Shares

    दाउन्नेमा बस दुर्घटना, ४ को मृत्यु, ४० भन्दा बढी घाइते

    काठमाडौं । नवलपरासी पश्चिम पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस सडकबाट तल खसेर दुर्घटना भएको हो।

    काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानि खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

    गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ०९:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij