२०८२ माघ ११ गते आइतवार
काठमाडौं । इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्। खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा कम भएसँगै उद्धार कार्य फेरि सुरु भएको छ।
उद्धारकर्मी सेना, प्रहरी र स्वयंसेवकहरूको सहयोगमा प्रभावित क्षेत्रमा उत्खनन गर्दै छन्। ड्रोन र कुकुर टोलीको प्रयोग गरी अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ। पश्चिम बान्दुंगका मेयरले चेभूस्खलन भएको भूभाग निकै कठिन र जमिन अझै अस्थिर रहेको बताए ।
इन्डोनेसियामा वर्षाको समयमा प्रायः बाढी र भूस्खलन हुने गरेका छन्। गत वर्षको वर्षाले सुमात्रा टापुमा करिब एक हजार २०० जनाको मृत्यु र दुई लाख ४० हजार भन्दा बढी मानिस विस्थापित भएको थियो। वातावरणविद् र सरकारी अधिकारीहरूले वन क्षेत्र हराएको कारणले बाढी र भूस्खलन बढेको बताएका छन्।
यसै महिनामा सियाउ टापुमा परेको अत्यधिक वर्षाले कम्तीमा १६ जनाको मृत्यु भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij