Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेपालमा फाइभजी सेवाका लागि बाटो खुल्यो, यस्तो छ निर्धारित फ्रिक्वेन्सी !

नेपालमा फाइभजी सेवाका लागि बाटो खुल्यो, यस्तो छ निर्धारित फ्रिक्वेन्सी !


  • 8.9K
    Shares

    नेपालमा फाइभजी सेवाका लागि बाटो खुल्यो, यस्तो छ निर्धारित फ्रिक्वेन्सी !
    images

    काठमाडौं । राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन मञ्चले नेपालमा फाइभजी प्रविधिका लागि उपयुक्त हुने फिक्वेन्सी ब्याण्ड पहिचान गरेको छ । एक साता अघि नियामक प्राधिकरणले गठन गरेको फोरमले फ्रिक्वेन्सी निर्धारणको कार्य सम्पन्न गरेको हो ।

    समितिले फाइभजी सेवाको फ्रिक्वेन्सीका लागि लो ब्याण्ड, मिड ब्याण्ड र हाई ब्याण्ड गरी तीन वटै ब्याण्डको फ्रिक्वेन्सी उपयोग गर्न सकिने निश्कर्ष निकालेको छ । जसअनुसार लो ब्याण्डमा ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २३०० र २६०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी तय गरिएको छ ।

    त्यस्तै मिड ब्याण्डमा ३३०० मेगाहर्ज, ३४०० मेगाहर्ज, ३६०० मेगाहर्ज र ४७०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी पहिचान गरिएको छ । यसैगरी २६ गिगाहर्ज ब्याण्ड ९हाई ब्याण्ड० को फ्रिक्वेन्सी समेत फाइभजीका लागि प्रयोग गर्न सकिने मञ्चको ठहर छ ।

    समितिको निर्णयसँगै नेपालमा फाइभजी सेवाका लागि फ्रिक्वेन्सी वितरणको काम अगाडि बढ्नेछ । प्राधिकरणका बोर्ड सदस्य सिमणि चौलागाईंको संयोजकत्वमा गठित मञ्चले लो ब्याण्डमा १० देखि २० मेगाहर्ज, मिड ब्याण्डमा १०० मेगाहर्जसम्म र हाई ब्याण्डमा ८०० देखि १००० गिगाहर्जसम्म फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने उल्लेख गरेको छ ।

    मञ्चले फाइभजीका लागि विभिन्न ब्याण्डको फ्रिक्वेन्सी उपयोग गर्न सकिने गरी नियामकलाई गरेको सिफारिसको आधारमा प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा स्वीकृतिका लागि पठाउने छ ।

    सेवाप्रदायकले समितिबाट स्वीकृत ब्याण्डको फ्रिक्वेन्सीमा प्रविधि तटस्थताको नीति अनुरुप फाइभजी सेवा दिन सक्नेछन् ।

     

     

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १७:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij