Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

२२.३४ प्रतिशतले बढ्याे कामना सेवा बैंककाे नाफा, वितरणयोग्य मुनाफा कति ?

२२.३४ प्रतिशतले बढ्याे कामना सेवा बैंककाे नाफा, वितरणयोग्य मुनाफा कति ?


  • 666
    Shares

    २२.३४ प्रतिशतले बढ्याे कामना सेवा बैंककाे नाफा, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
     
    बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ३९ करोड ४५ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.३४ प्रतिशतले बढेको छ।

    चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ थियो। बैंकले ५६ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि २०.९१ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ र जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ। पुससम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले १५.३२ प्रतिशत लाभांश क्षमता बनाएको छ।

    चालु आर्थिक वर्षको पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २०.४३ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ। बैंकको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १०:५५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij