Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी


  • 876
    Shares

    देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी

    काठमाडौं । गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छन् । सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् ।

    रिटको पेसी आजै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएका छन् ।

    निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति  खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । 

    गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १२:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij