२०८२ माघ ७ गते बुधवार
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका छन् ।
एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
अहिले पक्राउ परेका दुवै जना काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारी हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij