२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिसचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई सञ्चारबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो ।
उनको ठाँउमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सरुवा भएर जाने भएकी छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले उनको सरुवा गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सचिव अर्यालको कार्यशैली नसुध्रिएपछि पटकपटक सरुवाको प्रयास गरेका थिए । तर निजामति सेवाका उच्चपदस्थ अधिकारीदेखि केही सैनिक अधिकारीहरूसँगको पहुँच र नातासम्बन्धका कारण सरुवाको निर्णय हुन नसकेको प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोत बताउँछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij