Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति दिइने

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति दिइने


  • 1.7K
    Shares

    बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति दिइने

    काठमाडौँ । गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

    ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१ गुरुङ बस्तिका ५ जनाको मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल ब्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।

    क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो ।

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १४:३३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij