Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

भक्तपुरमा मानसिक सन्तुलन गुमाएका छोरोले गरे आमाको हत्या

भक्तपुरमा मानसिक सन्तुलन गुमाएका छोरोले गरे आमाको हत्या


  • 918
    Shares

    भक्तपुरमा मानसिक सन्तुलन गुमाएका छोरोले गरे आमाको हत्या

    काठमाडौँ । मानसिक सन्तुलन गुमाएका भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका छन् ।

    जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।

    आमाको हत्यापछि उनले आत्महत्याको प्रयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

    धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्चाटारमा डेरा गरी बस्दै आएका थिए । घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन् ।

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १३:३१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij