Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई ओलीको निर्देशन

आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई ओलीको निर्देशन


  • 1.3K
    Shares

    • images
    आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

    शुक्रबार काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा सक्रिय भएर अबको लडाइँ लड्नुपर्ने बताएका हुन्।

    उनले भने,  ‘अब हरेकले यो लडाइँ लड्नुपर्छ। कम्तिमा १० वटा मेसेज गर्नुस्, दिनको १० वटा स्टाटस लेख्नुस्, राम्रो कुरालेख्नुस्। साथीभाइले राम्रो गरेको कुरामा लाइक त थिचिदिनुस् बाबा। छेउमै हुन्छ।’

    आगामी प्रतिनिधि सभाको निर्वाचनमा ‘स्विप आउट’ गर्नुपर्ने उनको भनाइ थियो।उनले थपे  ‘यो फागुनमा होस् कि, चैतमा होस् कि जेठमा, चुनाव त हुन्छ। जहिले चुनाव भए पनि हामीले स्विप आउट गर्नुपर्छ,’। 

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १७:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij