Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचन आगोग अगाडी गगन नेतृत्वको धर्ना (तस्बिरसहित)

निर्वाचन आगोग अगाडी गगन नेतृत्वको धर्ना (तस्बिरसहित)


  • 988
    Shares

    निर्वाचन आगोग अगाडी गगन नेतृत्वको धर्ना (तस्बिरसहित)

    काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रवार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका  नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । 

    आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रवार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । 

    हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीवार केन्द्रिय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो । 

    1768554115-OTO7k.jpg

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १५:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij