Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस संस्थापनको दाबीः पार्टी विधानले अधिवेशन तथा महाधिवेशन गर्ने अधिकार केन्द्रिय समितिलाई मात्र दिएको छ

काँग्रेस संस्थापनको दाबीः पार्टी विधानले अधिवेशन तथा महाधिवेशन गर्ने अधिकार केन्द्रिय समितिलाई मात्र दिएको छ


  • 1.1K
    Shares

    काँग्रेस संस्थापनको दाबीः पार्टी विधानले अधिवेशन तथा महाधिवेशन गर्ने अधिकार केन्द्रिय समितिलाई मात्र दिएको छ

    काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । 

    पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहो¥याएका हुन् । उनले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारेका छन् । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भएपनि ‘केन्द्र’ भन्नाले केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यालयलाई जनाउने उल्लेख गरेका छन् ।

    उनले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भएपनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गरेका छन् । उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भएपनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन् । 

    उनले भने, ‘नेपाली काँग्रेसको विधानले कुनैपनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ । पार्टीको केन्द्रिय समितिबाहेक कुनैपनि पदाधिकारीलाई नेपाली काँग्रेसको कुनैपनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली काँग्रेसले दिएको छैन । त्यो कुरा हाम्रो पार्टीको विधानका विभिन्न धारा र नियमावलीमा प्रष्ट छ । 

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १५:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij