२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका हायुटारमा एसबीआई बैंक लुटपाटमा घरधनीकै संलग्नता देखिएको छ । पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पनि पक्राउ गरेको छ ।
घरधनी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले बताएका छन् । पक्राउ परेका ७ जना र उनीहरूको भूमिकाबारे प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पक्राउ पर्नेमा भागवत सिंह थापा, चतुरमान बज्यु, वर्षीय शशाङ्क श्रेष्ठ, मिलन गिरी,विवेक मगर, छविलाल स्याङ्तान र १६ वर्षीय बालक रहेका छन् ।
मङ्की टोपी लगाएका, खुकुरी र पेस्तोल भिरेकाले बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको डीएसपी सुवेदीले जानकारी दिएका छन् ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एसबीआई बैंकको शाखा कार्यालयका अनुसार ३ करोड ७ लाख लुटपाट भएको छ । आरोपीहरू विरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij