Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


  • 981
    Shares

    कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको थियो ।

    सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका  डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए । 

    नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द भण्डारीले यस्ता स्वास्थ्य शिविरहरुले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताए ।कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । 

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १३:५१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij