Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस नेता कार्यकर्ताको भीड बढ्दो

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस नेता कार्यकर्ताको भीड बढ्दो


  • 925
    Shares

    निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस नेता कार्यकर्ताको भीड बढ्दो

    काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । 

    निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरूको उपस्थिति छ । नेता कार्यकर्ताको भीड बढ्न थालेपछि आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । 

    वै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले काँग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । 

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १०:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij