Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी


  • 610
    Shares

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी

    काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ ।

    आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. र  फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. का अनुसार चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ भने हाल सीमित स्टल मात्र उपलब्ध रहेका छन्।

    एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ-बिजन, मल, किटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ। यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ।

    यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म हो । विशेषगरी व्यावसायिक कृषक, एग्रो-उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यसले व्यवहारिक ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्नेछ।

    उक्त अन्तर्राष्ट्रिय एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आधुनिक कृषि औजारदेखि लिएर ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी र आत्मनिर्भर बनाउने दिशामा एक्स्पोले योगदान पु¥याउने आयोजकको विश्वास छ।

    यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रबद्र्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।, राष्ट्रिय कृषक समूह महासंघ-नेपाल, गाउ“पालिका राष्ट्रिय महासंघ-नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ-नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र चितवन उद्योग संघ रहेका छन् । 

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १२:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij