Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • 995
    Shares

    गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो । 

    गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बसिरहेको सहमहामन्त्री डा। डिला संग्रौला पन्तले जानकारी दिइन् । 

    नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताएका छन् । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताएका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।    

     

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - ११:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij